Chauthoanga - Nepali News Media
खुम बहादुर खड्कालाई झुठो मुद्दा लगाएर फसाउन खोजिएको हो : सभापती देउवा 

दाङ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसका तत्कालिन पूर्व महामन्त्री दिवंगत खुम बहादुर खड्कालाई झुठो मुद्दा लगाएर फसाउन खोजिएको बताउनुभएको छ । आज दाङको लमही नगरपालिका– ९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुठो मुद्दा लगाएर फसाउन खोजिएको बताउनुभयो  । 

उहाँले स्वर्गीय नेता खड्का बिकासप्रेमि, मिलनसार र जनताले रुचाएका नेता भएको स्मरण गर्नुभयो ।  देउवाले खड्काले छाडेर गएका बाँकी कामलाई पुरा गर्ने दायित्व आफुहरु सवैको भएको पनि बताउनु भयो ।   पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दिवंगत नेता खड्का जेलसम्म पुग्नुभएको थियो ।  ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर हुनुभएको थियो ।

IMG_0668-1024x5761711714013.jpeg

२ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियो । खड्का २०७० मा जेलमुक्त हुनुभएको थियो । खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत्र १६ गते निधन भएको थियो ।

सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न खड्को योग्दान अतुलनिय रहेको, अहिले उहाँको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको