Chauthoanga - Nepali News Media
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्न थाल्यो

काठमाण्डौ –  अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्ने काम थालेको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव पठाउन समेत सबैलाई अनुरोध गरेहको छ । मान्त्रालयले वैशाख मसान्तभित्र सुझाव पठाउन  विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन सकिन्छ । बजेट मस्यौदा लेखनको काम शुरु भएको र मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

गएको शुक्रवार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको