Chauthoanga - Nepali News Media
रिप्लान्ट परियोजनाका ३ जना सामुदायिक व्यवसाय सहजकर्ता सम्मानित

दाङ- दाङका तिन जना सामुदायिक ब्यावसाय सहजकर्ताहरुलाई सम्मान गरिएको छ । यु.एस.ए.आई डि.को आर्थिक सहयोगमा आई. डि.ई. नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दाङ जिल्लाको ५ वटा पालिकामा संञ्चालन भईरहेको रिप्लान्ट परियोजना अन्तरगत काम गर्दै आउनुभएका २४ जना मध्ये ३ जना सामुदायिक ब्यावसाय सहजकर्ताहरुलाई उत्कृष्ट काम गरेवापत आज सम्मान गरिएको हो । 

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा आई.डि.ई नेपालका क्षेत्रिय फिल्ड संयोजक कल्पना धितालको प्रमुख आतिथ्यता र आई. डि.ई. नेपालका दाङ जिल्ला प्रमुख जंग गुरुङको बिशिष्ट आथित्यतामा सम्पन्न भएको  सामुदायिक ब्यावसाय सहजकर्ताहरुका लागि अन्तिम समिक्षात्मक बैठक तथा सम्मान स्वरुप पुरस्कार बितरण कार्यक्रममा ३ जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रम संयोजक हितबहादुर थापाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि जंग गुरुङले परियोजना बाट प्रदान गरिएको पिक्स ब्याग सम्बन्धी सचेतनामुलक कार्यक्रमले कृषकहरुले उत्पादन गरेको अन्नबालीमा हुने क्षति न्युनिकरणमा अहम भुमिका खेलेको बताउनुभएको थियो । साथै सानो सहयोगले पनि आर्थिक रुपमा ठुलो प्रभाव पारेको भन्दै जिल्लामा करिब २७लाख रुपैयाको पिक्स ब्यागको कारोबार भएको र यस्को प्रयोगले करिब ६ सय ६० जनालाई पुग्ने खाद्यान्न आयात समेत रोकिएको भन्दै यस्ले आर्थिक रुपमा प्रभाव पारेको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कल्पना धितालले यस परियोजनालाई सफल गराउनका लागि सामुदायिक ब्यवासाय सहजकर्ताहरु मेरुदण्ड भएर काम गरेको बताउनुभएको थियो भने स्थानिय उत्पादन, स्थानिय प्रर्वद्धनलाई आर्थिक रुपमा सक्षम गराउनका लागि पनि परियोजनामा उनिहरुको महत्वपुर्ण भुमिका रहेको  बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै सभाअध्यक्ष आसमानी चौधरीले यस परियोजनाले समुदायमा सचेतना जगाएको छ भने यस्लाई प्रर्वद्धन गर्ने काम गरेको बताउनुभएको थियो र जुनसुकै काम गर्दापनी लगनशिल, मिहेनत र ईमान्दारिताका साथ काम गरियो भने सफलता हासिल गर्न सकिने बताउनुभएको थियो । 

कार्यक्रममा बोल्दै सामुदायिक ब्यवसाय सहजकर्ता लमही निबासी प्रतिमा चौधरीले यसै परियोजनालो आफुलाई बोल्ने कला, ब्यापार गर्न सक्ने हैसियतको बनाएकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो भने परियोजना बाट नै आफु अहिले प्लान्ट डाक्टरको रुपमा समेत परिचय स्थापित गर्न सक्षम भएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो । कार्यक्रममा सामुदायिक ब्यवसाय सहजकर्ताहरु मनिषा थारु, गायत्री थापा, अल्बर्ट चौधरी, रेमन्ता पुन लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कर्जा सुपरभाईजर कमला शर्माले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको