Chauthoanga - Nepali News Media
दाङमा  बस एकापसमा ठोक्किँदा १३ यात्रु घाइते

दाङ- दाङकाे देउखुरीमा दुईवटा  बस एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।जिल्लाकाे लमही नगरपालिका- ३ वनगाउँमा  बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

 दुर्घटना दुवै बसमा सवार यात्रु घाइते भएको उहाले जानकारी दिनुभयाे । सामान्य घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई बाहिर पठाउने तयारी भैरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको