Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को विकट वस्ति ठाँटीचौरमा पुग्यो विद्युत

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को विकट वस्ति ठाँटीचौरमा विजुली बत्तिको उद्घाटन गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर तथा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको विशेष पहलमा सो ठाउँमा विद्युत पुराईएको हो । 
दाङको घोराही विद्युत वितरण केन्द्रको टेन्डर प्रक्रियाबाट सो गाउँमा विद्युत पुराउन समय लाग्ने भएको हुँदा प्युठानको विद्युत वितरण शाखाबाठ ठाटिचौरमा विद्युत पुर्याउने सहमति अनुसार सोगाउँमा विद्युत पुराईएको प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ का अध्यक्ष मेघराज घर्ती र बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको आपसी समन्वयमा ठाटीचौरको १० घरमा विद्युत पुराईएको हो ।

434325977_956136182897679_1744605752587642736_n-1712496949.jpg
 

गाउँमा विद्युत पुगेपछी त्यस क्षेत्रका स्थानियहरु निकै हर्षित भएका छन् । यसैविच सो गाउँमा एक कार्यक्रमका विच विद्युत उद्घाटन समेत गरिएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर र वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माको उपस्थितिमा ठाटिचौरमा विद्युत उद्घाटन गरिएको हो ।

434407556_1103045224096581_6922426572979060436_n-1712496986.jpg
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष पुन र वडा अध्यक्ष विश्वकर्माले विद्युत उपलब्ध गराउनकालागि सहयोग गर्ने दाङ र प्युठानका विद्युत कार्यालय एवं प्युठान स्वर्गद्वारी नगरपालीका वडा नम्वर १ का अध्यक्ष मेघराज घर्तीलाई विशेष धन्यवाद ज्ञापन गर्नु भयो । त्यस क्षेत्रका धनारी र सिम्लेका करिव १० घरमा पनि छिट्टै विद्युत पुराईने गरी तयारी भईरहेको वडा अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको