Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गर्दै 

कमिरेचौर -दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माणलाई व्यापकता दिएको छ । गाउँपालिकाले अहिले कक्षा १ देखि ३ सम्मको स्थानिय पाठ्यपुस्तक निर्माण गर्न लागेको छ । स्थानिय पाठ्यपुस्तकको नाम हाम्रो बंगलाचुली रहेको छ। उक्त पाठ्यपुस्तक निर्माणका लागि पुस्तकभित्र समावेस गर्ने विषयवस्तुसम्बन्धी छलफल कार्यक्रम आज बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका शिक्षा,  युवा तथा खेलकुद शाखाको आयोजना एवं नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्रको सहकार्यमा छलफल कार्यक्रम भएको हो । 

उक्त कार्यक्रममा गाउँपालिकाको स्थानिय पाठ्य पुस्तकमा हाम्रो बङ्गलाचुली नामक पुस्तकमा राखिने विविध विषय वस्तुहरुमाथी छलफल गर्दै पुस्तकमा समावेस गर्ने विषयवस्तुको टिपोट गरिएको थियो । सो अवसरमा नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्रका संयोजक डाक्टर शालिकराम पौड्याल,सदस्य प्रेम प्रसाद तिवारीले बंगलाचुली गाउँपालिकाको स्थानिय पाठ्यपुस्तको नमुना प्रस्तुतिकरण तथा टिपोट गर्नुभएको थियो । 

स्थानिय पाठ्यपुस्तकमा गाउँपालिकाको भूगोल, कला, संस्कृति, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाइ, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप, धार्मिक तथा पर्यटकिय स्थल, मठमन्दिर, उद्यान लगाएतका विषयवस्तुहरु समेटिने छन् । बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा कार्यक्रम उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पनमगरले बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यसामग्री निर्माण गरेर लागु गरेको अवस्थामा अब निर्माण हुने पाठ्यपुस्तकले धेरै विषय वस्तुलाई उजागर गर्ने बताउनुभयो । अध्यक्ष पुनले गाउँपालिकाले निर्माण गर्ने पाठ्यपुस्तकले विद्यार्थिहरुलाई गाउँपालिकाको वारेमा जान्न र बुझ्न सहयोग गर्ने बताउनुभयो । उहाँले राज्यले निकै महत्व दिएर शिक्षामा लगानी गरेको स्मरण गराउँदै शिक्षकहरुले परिणाम दिनेगरी काम गर्नुपर्ने बताउनुभो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तकमा  समयक्रम संगै विद्यार्थीहरुलाई प्राविधिक ज्ञान सीपका विषयहरुलाई समेत समेट्दै लैजाने बताउनुभयो ।  

434129669_766893832084184_7938151484266399907_n-1712835532.jpg
 

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्त एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले शिक्षालाई परिणाममुखी बनाउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले मानविय विकासको पहिलो आधार शिक्षा रहेको बताउँदै गुणस्तरिय तथा व्यभारिक शिक्षा दिनका लागि विशेषगरी शिक्षकहरुले अहम भूमिका निभाउनु पर्नेमा जोड दिनुभो । प्रवक्ता विश्वकर्माले गाउँपालिकाले निर्माण गर्न लागलेको पाठ्यपुस्तकले समग्र गाउँपालिकाको विषयवस्तुलाई समेट्ने हुँदा विद्यार्थिहरुलाई स्थानियविषय वस्तुमा जानकार हुन मद्दत पुग्ने बताउनुभयो । 

कार्यक्रममा कार्यक्रममा नेपाल प्राज्ञिक अध्ययन अनुसन्धान केन्द्रका सदस्य सुदर्शन रिजाल ,सरस्वती माद्यामिक विद्यालय जवरकोटका प्रधानाध्यापक दिप बहादुर वली लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा बंगलाचुली गाउँलापिकामा रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्राविधिक सहयाएक डेमराज पुनमगरले गर्नुभएको थियो ।  

बंगलाचुली गाउँपालिकाले यसअघि स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको छ ।  गाउँपालिकाले आधारभूत तह १–८ लागि ‘हाम्रो बंगलाचुली’ नामको पाठ्यक्रम निर्माण गरेको हो। नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकाले त्यसको कार्यान्वयन गरिएको छ । अहिले पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक निर्माण गर्न लागिएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताउनुभयो । । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको