Chauthoanga - Nepali News Media
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ- नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ । 

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको