Chauthoanga - Nepali News Media
दाङ २ (क) बाट प्रदेशसभामा माओवादीले गर्याे पाँच जनाकाे नाम सिफारिस

घोराहीः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभामा पाँच जनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र निर्वाच क्षेत्र नं २ (क) समन्वय समितिको आज घोराहीमा बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज निर्मल आचार्य सहित भक्तबहादुर वली, मने विक, ऋषि वेल्वासे र प्रेमा गैरेको नाम सिफारिस गरेको हो ।

समन्वय समितिका संयोजक फणीन्द्रराज केसीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मा “डायमण्ड” को प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको