Chauthoanga - Nepali News Media
दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा गरिँदै

काठमाण्डाै - नेपालीहरुको ठुलो चाड दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

आज पनि बिहानैदेखि  काठमाण्डौ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड छ ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको