Chauthoanga - Nepali News Media
अविर वर्षाका कारण दाङको बंगलाचुलीको विभिन्न ठाउँमा लाखौँको क्षती

कमिरेचौर : विगत केहि दिन देखि परेको अविर वर्षाका कारण आएको पहिरो तथा बाढीले दाङको बंगलाचुलीको विभिन्न ठाउँमा लाखौँको क्षती पुर्याएको छ । वर्षाले बंगलाचुली गाउँपालिका वडा नम्वर ३ को साक्लाचौर टोलको वस्तिनै जोखिममा पारेको छ ।सो टोलमा रहेको १७ घर परिवार उच्च जोखिममा रहेका छन् । 
अविरल वर्षा संगै आएको पहिरोले सो टोलमा आईत बहादुर घर्ती र वमपाल कामीको घरमा पूर्णरुपमा क्षती पुगेको छ । भने पहिरोले बारी तथा खरबारीमा समेत क्षतिपुराएको छ । उहाँहरु अहिले छिमेकिको घरमा आश्रयीएर बस्नुभएको छ । त्यसैगरी पहिरोले लुमाकान्त खत्री, टुक बहादुर घर्ती ,माकान्त घर्ती ,हुकुम बहादुर विक ,भागेश्वर घर्ती, झगबहादु विक, वसन्त आग्री, सन्जय विक, जीवन भण्डारी, लेखनाथ खत्री, जगत महरा, लिलाधर महरा, हेमन्त महरा,लोक बहादुर बस्नेतको घर उच्च जोखिममा रहेकोछ । 
उहाँहरुको घर जतिवेला पनि पहिरो जान सक्ने अवस्थामा रहेको छ ।

yyyy1665157170.jpg

भने बारी,खरबारी,ट्वाईलेट समेत पहिरोको उच्च जोखिममा रहेकोछ । यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ३ कै दक्षीणी वेल्ट मुलावारीमा पनि पहिरोले घरमा क्षती गर्नुका साथै वाढिले खेतमा पनि ठुलोमात्रमा क्षती पुर्याएको छ । वडा नम्वर ३ को सुकाखोलामा ५ घर परिवारको खेतमा क्षति पुर्याएको ५ भने अर्जुनखोलाले २० घरपरिवारको खेतमा क्षतीपुराएको छ । त्यसैगरी वाढिले माद्यामिक विद्यालय मुलाबारी भेडाबारीमा लाखौँको क्षतीपुराएको छ । 

विद्यालयको दुई तर्फरहेका साना सोतामा आएको बाढीले विद्यालएको भवनको एक कोठा भत्काउनुका साथै विद्यालयमा लेदो भरिएको छ । यसैगरी मुलावारीमा घरमाथिबाट आएको पहिरोले घनश्याम लम्साल,धनेश्वर लम्साल,प्रेमलाल नेपालीको घरमा क्षतीपुराएको छ ।पहिरोले नेपालीको एउटा भैसीको पाडो समेत पुरिदिएको छ । 

त्यसैगरी  हिमा घर्ती,दिमान सिँह घर्ती,उम बहादुर नेपाली,चमेली नेपालीको घर पहिरोको उच्च जोखिममा रहेको पूर्व वडा सदस्य सिरिबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा पहिरो गएको हुँदा सम्पूर्ण सडकहरु बन्द रहेका छन् । भने बंगलाचुली ३ रातामाटामा विद्युत पोल ढल्दा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

wtt1665157203.jpg
यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को म्यालडाँडामा घर माथि बाट आएको पहिरोले घनश्याम महराको गोठमा पूर्णरुपमा क्षती भएको छ भने घर पनि उच्च जोखिममा रहेको छ । त्यसैगरी तेज प्रसाद भुसाल,शिवराज रावतको घर पनि पहिरोको जोखिममा रहेको छ । खगेश्वर रावतको वारी पहिरो गएको छ । 
यसैगरी अविरल वर्षाले बंगलाचुली गाउँपालिलका वडा नम्वर ६ मा पनि लाखौँ क्षति पुरार्यको छ । वडा नम्वर ६ को गँदारीमा एउटा घरमा पूर्णरुपमा क्षती पुगेको छ । त्यसैगरी सोही टोलमा अवस्थित लोकराज वलीको वारी, गोठ, खेतमा लैजाने कुलो पहिरो गएको छ । झण्डै चाररोपनी खेत पहिरो गए भने तिमिलेमा ३ वडा घरमा क्षतीपुगेको छ । त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को टोड्के खोलामा पहिरोले १० वटा घरमा क्षतीपुराएको छ । सो परिवार त्यहाँबाट विस्तापित भई स्कुलमा वास बसेका छन्। यस्तै ६ नम्बर वडाकै भित्रि खोलामा २ वटा घरमा पुर्ण रुपमा क्षेति गरेको छ ।

उक्त परिवार पनि विस्थापित भई स्कुलमा बास बसेको वडा अध्यक्ष डोम बहादुर केसिले जानकारी दिनुभयो । यस्तै बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ को टाकुरामा पनि अबिरल बर्षा पछि आएको पहिरोले सडक अबरुद्ध भएको छ । भने २ वटा घरमा क्षति भएको छ ।   त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को बचिनिमा चेताना बि क को घरमा क्षति भएको छ । 

लगातार को वर्षा सगै आएको बाढीले बगलाचुली गाउँपालिका वडा नम्वर ७ गनाहाखोला कृषकहरुले लगाएको पाकेको धान खेत बगाएको छ। किसान ले खेतीपाती भित्राउने बेलामा अविरल वर्षासंगै आएको बाढीले बगाउँदा कृषकहरुको लाखौँ क्षति भएको छ । यस्तै बंगलाचुली गाउँपालिका वडा नम्वर वडा नम्वर ८ को विभिन्न स्थानमा पनि स्थानियको घरमा क्षती पुराएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर वडा नम्वर ८ गोठिवन निवासी नरबहादुर सुनारको एकतले घर भत्किएको छ ।

भने अन्य ४ घर पहिरोको जोखिममा रहेको छ। भक्त बहादुर कुवर,लुम बहादुर मर्सायाङ्गी,देविराम गाहामगरको घरहरु पनि पहिरोको जोखिममा रहेको छ । यसैविच आज दिउँसो परेको चट्याङले बंगलाचुली गाउँपालिका वडा नम्वर ८  पाँचपोखरी निवासी भुप लाल बैजाली को खोरमा रहेको ५ वटा बाख्रा मरेका छन् । अविरल वर्षाले विद्युत सेवा अवरुद्ध भएको छ भने । विपी मार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक पूर्णरुपले अवरुद्ध भएको छ ।

यसैविच बंगलाचुली गाउँपालिकाले गाउँपालिकामा वर्षातले पुर्याएको क्षतिको विवरण संकलन गरि पिडितहरुलाई उचित राहातको व्यवस्था गर्ने भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ४ का पहिरो पिडितहरुको घर घरमा पुगेर क्षतिको विवरण संकलन तथा अनुगमन गर्नुभएको छ । अध्यक्ष पुनले पिडित परिवारलाई चाडो भन्दा चाँडो रहातको व्यवस्था गर्नका लागि आफुहरु तत्पर रहेको बताउनु भएको छ । 

ttt1665157242.jpg

पालिकाको वाडी पहिरो पिडीतहरुको क्षतीको एकिन विवरण संकलन भएपछी राहात दिईने तथा अन्य व्यवस्थापनका लागि काम अगाडी बढाईने जानकारी दिनुभयो । अध्यक्ष पुनले वर्षातले क्षती पुराएको स्थानको स्थलगत अवलोकन गर्दै पहिरोपिडितहरु संग भेटगर्नु भएको छ । उहाँले पिडितहरुलाई सम्पूर्ण कागजी प्रकृयाहरु पुरा गरि वडा कार्यालय मार्फत गाउँपालिकालाई क्षतिको विवरण पेश गर्न अनुरोध समेत गर्नुभएको छ । अध्यक्ष पुनले पालिकाका सबै वडा अध्यक्षहरुलाई आफ्नो वडामा भएको क्षतिको विवरण संकलन समयमै पालिकामा पठाउन समेत अनुरोध गर्नु भएकोछ । 

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको