Chauthoanga - Nepali News Media
जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
education-ministry_9ENEblPbMO.jpg

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । गत फागुन ३ गते बसेको बैठकमा विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा नै शुरू गरी २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन सुरु गर्ने निर्णय गरिएको हो ।


विद्यालयले २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्य घण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्नुपर्ने मन्त्रालयले बताएको छ ।



मन्त्रालयले शैक्षिक सत्र चैत्र मसान्तसम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्ने, विद्यालयले लिने सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिनाभित्रै सक्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।



विद्यालयहरूले पठन पाठन गर्दा कोभिड–१९ संकट व्यवस्थापन तथा समन्वय केन्द्रको माघ २३ गतेको सिफारिस अनुसार नै हुने गरी नियमित रूपमा सञ्चालन गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।



प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको