Chauthoanga
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिनुभएको हो । प्रस्तावको विपक्षमा २८ मत परेको हो ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा कांग्रेसका सांसदले मात्र मत दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको