Chauthoanga - Nepali News Media
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार  डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

 

329740865_682180466989573_3551273075992212455_n

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको