Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा

 दाङ -लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताउनु भयो  । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने गर्नुहुने छ।


 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको