Chauthoanga - Nepali News Media
विप्लव नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) पार्टी गठन

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी विभाजीत भएको छ । नेपालल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले नेकपा (बहुमत) पार्टी गठन गरेको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको जानकारी दिइएको हो ।

पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ । कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिह्नबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताउनुभयो ।

उहाँले महासचिव विप्लव समूहले कतिपय केन्द्रीय सदस्यहरूलाई नै एमालेको चुनाव चिह्न लिएर चुनावमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि हामीहरूले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको बाताउनुभयो । उहाँले यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु भएको बताउनुभएको छ ।  

जनताबाट लिएर जनतालाई नै दिने, तथ्यबाट सत्यको खोजी गर्ने, अनुसन्धान नगरि नबोल्ने, जनतासँग माछा र पानीको सम्बन्ध कायम गर्ने माओवादी नीतिमा आफूहरू प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको