Chauthoanga - Nepali News Media
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री प्रचण्ड
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।   २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण...
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना 
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना  लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थारुहरुको महान पर्व माघीको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अर्थमन्त्री मास्कीले आज एक बिज्ञप्ती जारी गर्दै माघी पर्व, मकर सक्रान्ति तथा  थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने यस पर्वको अवसरमा   हार्दिक शुभकामना तथा बधाई ब्यक्त गर्न चाहान्छु बिज्ञप्तीमा भनिएको छ ।   
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले स्पष्ट गर्नुभयो ।