Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा एमालेबाट केसी र घर्तीको उम्मेदवारी दर्ता

दाङ- लुम्बिनी प्रदेशमा बाट नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तुलसा केसी र झेविन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाएको छ । उहाँहरुले आज प्रदेश निर्वाचन कार्यालय दाङमा उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

दाङनिवासी एमाले नेता केसीले महिला सिट र पाल्पानिवासी क्षेत्रीले अन्यबाट उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताउनुभयो ।  केसी र घर्तीले एमालेका नेता तथा कार्यकर्ताहरुको साथमा घोराही उपमहानगरपालिका १५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य सीता शर्मा चौधरी रहनुभएको छ। त्यसैगरी घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी रहनुभएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुन भएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको