Chauthoanga - Nepali News Media
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना 

दाङ - लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थारुहरुको महान पर्व माघीको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अर्थमन्त्री मास्कीले आज एक बिज्ञप्ती जारी गर्दै माघी पर्व, मकर सक्रान्ति तथा  थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने यस पर्वको अवसरमा   हार्दिक शुभकामना तथा बधाई ब्यक्त गर्न चाहान्छु बिज्ञप्तीमा भनिएको छ ।   

नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक र विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो ।  बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ उहाँले भन्नुभयो  । यस प्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दछु मन्त्री मास्केले भन्नुभयो । यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना ब्यक्त गर्न चाहान्छु उहाँले भन्नुभयो । 

यसै बिच मगर तथा थारू समुदायले विशेष रूपमा यो पर्व मनाउने गर्छन । 
मगर र थारू  समुदाय कला, संस्कार, संस्कृति, रहनसहन, खानपिनका हिसाबले धनी समुदाय हो । यो संस्कार र संस्कृतिलाई संरक्षण र प्रचार गर्न सकेमा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । विशेष गरि ठूलो पर्वका रुपमा मनाईने माघीमा थारू समुदायले नयाँ नेतृत्व महतवा छान्ने, बर्षभरि गरेका कामको समीक्षा गर्ने, नयाँ योजना बनाउने, नाचगान, खानपिन गर्ने पर्वका रुपमा थारु समुदायले मनाउने गरेको छ । मानवमा सामूहिकताको भाव जनाउने थारु समुदायको यो खालको संस्कार छ, यसबाट अन्य समुदायले पनि सिक्नु पर्छ ।  

अझ यो माघीलाई मुक्तीको पर्वका रुपमा पनि मनाइन्थ्यो । कमैला, कमलरी बस्नेहरु यो पर्वमा विदा पाउने भएकाले त्यो समयमा मुक्तीको पर्वका रुपमा पनि मनाईन्थ्यो । कमैला, कम्लरी मुक्ती पछि यसलाई उत्साहको पर्वका रुपमा मनाउन थालिएको छ । लामो संघर्ष पछि मुलुकबाट कमैया, कम्लरी प्रथा हटाउन हामी सफल भएका छौं । यो एउटा ठूलो उपलब्धी रहेको छ । 

पछिल्लो समय थारु समुदायका कला, संस्कार, संस्कृति नयाँ पुस्ताले विर्सिन थाले भन्ने खालका कुराहरु पनि आउछन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो संस्कार, संस्कृति हस्तान्तरण गर्नुपर्छ, भने नयाँ पुस्ताले पनि आफ्नो कला, संस्कार, संस्कृतिलाई अनुशरण गर्न सक्नु पर्छ । नेपाल सांस्कृतिक पर्यटनको पनि सम्भावना बोकेको देश भएकाले थारुको यो गहनालाई नयाँ पुस्ताले जोगाउन तर्फ लाग्नु पर्छ ।  

थारु समुदाय कठीन संघर्ष गर्दै आएको समुदाय हो । कुनै समय तराईमा औलोलाई जितेर तराइको भूमि जोगाएको समुदाय भएकाले यो समुदायको त्यो कठीन संघर्षप्रति म गर्व गर्न चहान्छु । औलो जित्न सफल भएकै कारण थारु समुदायमा बंशाणुगत रुपमा ‘सिकलसेल एनिमिया’ ले सताउने गरेको छ । यसमा म र प्रदेश सरकार गम्भीर रहेको कुरा जानकारी गराउन चहान्छु । चालु बर्षमा मैले सिकलसेल एनिमिया स्क्रीनिङका लागि प्रत्येक जिल्लामा बजेट बिनियोजन गरेको समेत जानकारी गराउन चाहान्छु  उहाँले बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ  । साथै लुम्बिनी  प्रदेशमा राष्ट्रिय स्तरको सिकलसेल ऐनिमिया अस्पताल बनाउने गरि  छलफल पनि चलाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको