जनश्रमदान गरी स्वास्थ्य चौकि जाने नयाँ गोरेटो बाटो र नाला निर्माण
शनिबार, फागुन २६, २०८०
जनयुद्ध दिवसमा बंगलाचुली गाउँपालिकाले दियो बिदा
सोमबार, माघ २९, २०८०
दाङको बंगलाचुली गाउँपालिकाले भोली फागुन एकगते सार्वजनिक बिदा दिएको छ। बंगलाचुली गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली फागुन एक गते जनयुद्ध दिवसको अवसरमा मंगलबार पालिकाभर सार्वजनिक बिदा दिएको हो ।
बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक: एकघर एकधारा कार्यक्रम सहलगानीमा संचालन गर्ने प्रस्ताव अनुमोदन
मंगलबार, माघ १६, २०८०
बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकले एकघर एकधारा कार्यक्रम नेपाल सरकार, खानेपानी मन्त्रालय, सिंहदरबार काठमाडौं र गाउँपालिकाको सहलगानीमा संचालन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । गाउँपालिकाले अब खानेपानी मन्त्रालय संग सहलगानिमा एकघर एकधारा कार्यक्रमलाई संचालन गर्ने बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।
घोराही-पूरुङ-तापा जोड्ने भित्री सडक खण्डमा बस सेवा सुरु, हेर्नुहोस् यस्तो छ भाडा दर
शनिबार, माघ ६, २०८०
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को पूरुङ-फाँटा-नुनजेला-वागी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै ठाँटीगैरा जोड्ने सडक खण्डमा बस सेवा सुरुगरिएको छ । घोराही-हर्नोक- पूरुङ-फाँटा-नुनजेला-बगी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै तापा सम्मको रुट भयर यात्रुवहाक सब संचालनमा आउने वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिकामा बृहत निशुल्क स्वास्थ्य सिविर सपन्नः १५ सय धेरैले सेवा लिए
शुक्रबार, पुस २७, २०८०
दिवंगत खत्रीको १३ औँ दिनको पुण्यतिथिको अवसरमा माओबादी केन्द्र बंगलाचुली द्वारा श्रद्धाञ्जलीसभा सम्पन्न
बिहीबार, पुस २६, २०८०
नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँकमिटी सचिवालय सदस्य रोवर सिंह खत्रीको १३ औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न सम्पन्न गरीएको छ । दिवंगत खत्री निवास बंगलाचुली गाउँपालिका वडा नम्वर ८ टिकुलीदमारमा श्रद्धाञ्जली शभा गरिएको हो ।