Chauthoanga - Nepali News Media
दाङमा अटो र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु,३ जना घाईते

दाङ - दाङमा अटो र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु भएको भने ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 
दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षिय किरण रोकाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षिय दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवारमा २६ वर्षिय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । 
घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
दाङको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आज दिउँसो पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको