Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा जेठ २५ गते देखि ३० गते सम्म दादुरा तथा रुवेला विरुद्धको खोप लगाईने

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा जेठ २५ गते देखि ३० गते सम्म दादुरा तथा रुवेला विरुद्धको खोप लगाईने भएको छ ।गाउँपालिकामा ८ हजार ६ सय ८१ जनालाई यो खोप लगाईने लक्ष्य रहेको बंगलाचुली गाउँपालिकाले जानकारी गराएको छ । गाउँपालिकाको ८ वटै वडाका विद्यालयहरुमा योखोप लगाईने छ ।  

बंगलाचुली गाउँपालिकामा आज आयोजित दादुरा रुवेला अभियान सम्बन्धि पूर्वखोप समन्वय समिति तथा सरोकारवालाहरुलाई पालिकास्तरिय अभिमूखि करण कार्यक्रममा यस्तो जानकारी गराईएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

351755015_1880964385636687_7136759594011065531_n1685967420.jpg

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले पालिकामा खोप अभियानलाई सफल बनाउनका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले गाउँपालिकामा दादुराको संक्रमणलाई रोक्दै राज्यको लक्ष्यलाई मूर्तरुपदिनका लागि पालिका चनाखो हुनु पर्ने बताउनुभयो । यो अभियानमा सबै सहभागि भएर सफल बनाउन समेत अध्यक्ष पुनमगरले सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्वर कुवर लगाएतले बोल्नुभएको थियो ।

सोअवसरमा बंगलालचुली गाउँपालिकाका वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, रेडक्रस, महिला स्वास्थ्य स्वयमसेवीका,लगाएत विभिन्न सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गाउँपालिका स्वास्थ्य शाखाका दिल बहादुर घर्तीको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शाखा प्रमुन ईन्द्रा कुमारी घर्तीमगरले गर्नुभएको थियो ।  

352189285_949244466300101_6787871611957042323_n1685967453.jpg
* दादुरा रोग के हो ?
दादुरा निकै छिटो सर्वे सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका बालबालिकाहरुलाई धेरै लाग्दछ र यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ। दादुरा रोगलाग्यो भने यसका जटिलताहरु जस्तै - निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्छ ।
* दादुरा रोग कसरी सर्दछ ?
दादुराको भाईरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही बृद्धि हुने र श्वास नलि एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ । दादुरा रोग संक्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटाएक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।
* दादुरा रोगका प्रमुख चिन्ह / लक्षणहरू के के हुन ?
ज्वरो आउनु र शरीरमा राताविमीरा देखा पर्नु दादुरा रोगका प्रमुख चिन्ह / लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बस्ने, खोकी लाग्ने, आँखा रातो हुने, आंखा पाक्ने आदि जस्ता) पनि देखिन सक्छन् । रोगीको सम्र्पकमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा संक्रमित व्यक्तिलाई डावर र विमिरा देखा पर्नु भन्दा दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।
*के दादुरा रोगको उपचार हुन्छ ?
दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु पर्दछ । साथै बिरामीलाई “भिटामिन ए” अनिवार्य रुपमा खुवाउनु पर्दछ । दादुरा रोगबाट बच्ने एक मात्रउपायदादुरा विरुद्धको खोप लिनु नै हो । त्यसैले यो रोगबाट बचाउननियमितखोप मार्फत बालबालिकाहरुलाई ९ र १५ महिनाको उमेरमा दादुरा खोपको दुई मात्रा लगाउनु पर्दछ । साथै अभियानमा समेत सबै बालबालिकालाई अनिवार्य रुपमा दादुरा खोप लगाउनु पर्दछ ।
* के दादुरा खोप लगाउन सुरक्षित छ ?
 दादुरा खोप प्रभावकारी र सुरक्षितछ । सुई लगाएको ठाउँमा दुख्ने, सामान्य ज्वरो आउने, विमिरा आउने जस्ता सामान्य असरहरु देखिन सक्छन् र यी असरहरु केही समयपछि आफैँ ठीक हुन्छन् । खोप लगाए पश्चात बालबालिकामा अन्य समस्याहरू पनि देखापर्न सक्छन जुनखोपको कारणले नभई अन्य कारणबाट भएकाहुन सक्छन् । खोप पश्चात्  बालबालिकालाई कुनैपनि समस्या भएमा तत्काल स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूसँग सम्पर्क गर्नु पर्दछ । यो खोप नियमित रुपमा प्रयोग भएको दादुरा रोग विरुद्धको खोप नै हो, कुनै नयाँ होइन ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको