Chauthoanga - Nepali News Media
एसिया कप पाकिस्तान र श्रीलङ्कामा हुने पक्का: पाकिस्तानमा जम्मा ४ वटा खेल हुने

एसिया कप २०२३ पाकिस्तान र श्रीलङ्कामा हुने पक्का भएको छ । एसिया कप आउँदो अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुने एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार जानकारी दिएको छ ।

 

एकदिवसीय फर्म्याटमा हुने एसिया कप यस पटक हाइब्रिड मोडलमा हुन लागेको हो । जसअन्तर्गत प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी नौ खेल श्रीलङ्कामा हुनेछ । भारतले पाकिस्तान जान नमानेपछि प्रतियोगिता दुई ठाउँमा खेलाइने भएको हो । नेपालले पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ ।

 

समूह '' मा नेपाल, भारत र पाकिस्तान छन् । यस्तै समूह 'बी' श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । नेपालले अघिल्लो महिना घरेलु मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । यसअघि भारत र पाकिस्तानको आन्तरिक राजनीतिक विवादका कारण एसिया कप हुने वा नहुनेमा अन्योल थियो । यही कारण अहिलेसम्म प्रतियोगिताको ठाउँ र तालिका सार्वजनिक भएको थिएन ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको