Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले गर्यो वडा तहमै पुगेर सार्वजनिक सुनुवाई ,हेर्नुहोस् सम्पूर्ण विवरण

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले वडा तहमा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।यस अघि गाउँपालिकाको कार्यालयमै गरिने सार्वजनिक सुनुवाई लाई प्रभावकारी बनाउनका लागि वडातहमै पुगेर गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  गाउँपालिकाले आज वडा नम्बर १ र २ मा पहिलो बर्षको समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर एक र दुईका सरोकारवालाहरुले गाउँपलिकाको विभिन्न क्षेत्रबाट सेवा प्रवाहको वारेमा जिज्ञासा राखेका थिए । नेपाली काग्रेसका लुम्विनि प्रदेश कमिटी सदस्य पूर्ण बहादुर मल्ल,गाउँपालिका सचिव बलदेव मल्ल,खेतुलाल विक,देवा पौडेल लगाएत करिव एक दर्जन बढी सेवाग्राहिहरुले विभिन्न जिज्ञासा राखेका थिए । 
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासामाथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नंम्वर एकका अध्यक्ष विष्णु कवर र दुईका अध्यक्ष मैते पुन मगर,आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी, भौतिक पूर्वाधार साखा प्रमुख ईन्जिनियर विकेश न्यौपाने , स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमारी घर्ति, पशु शाखाका माधव भट्टराइ, महिला तथा वालवालिका शाखाका कल्पना केसीले जवाफ दिनुभएको थियो । 
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले एकवर्षे प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । भने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यालयको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रशासन साखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो । 

यस्तो छ गाउँपालिका अध्यक्षले प्रस्तुत गरेको वार्षिक समिक्षा प्रतिवेद

बंगलाचुली गाउँपालिका

गाउँ कार्यापालिकाको कार्यालय

कमिरेचौर दाङ

 

विषय:- पहिलो वर्षको समिक्षा

सेवा प्रवाह

  • सम्पूर्ण सेवा प्रवाहको कामगाउँ कार्यपालिकाको कार्यालयबाट नै शुरुवात गरिएको
  • व्यापक छलफल र सल्लाह सुझाव लिई दुईवटै गाउँसभा निर्धारीत समयमै सम्पन्नतथा सर्वसहमतिका साथ निर्णय भएको ।
  • सामाजिक सुरक्षा भत्ता वितरणको काम सम्वन्धित वडा कार्यालय तथा पायक पर्ने स्थानबाट वितरणको सुरुवात भएको ।
  • वडाहरुलाई थप जिम्मेवारी प्रदान गर्दै वडा सचिवको अभाव हुने समस्यालाई समयमै समाधान गरिएको ।
  • यस गाउँपालिकामा क्रियाशिल राजनीतिक दलहरुसंग समय समयमा मुख्य-मुख्य विषयहरुमा छलफल तथा परामर्श भईरहेको ।
  • विभिन्न स्वास्थ्य शिविर,एकिकृत घुम्ति शिवीर संचालन तथा पशुहरुमा देखिएको भाईरल रोग(लम्फिस्किन डीजीज) को आवश्यकता अनुसार घरमै पुगेर सेवा प्रवाहको काम भईरहेको ।
  • न्यायिक समितिद्वारा समयमै सेवाप्रदान तथा अपाङ्गता परिचयपत्र वितरण र सहायता सामग्री वितरणका काम सम्पन्न ।

भौतिक पूर्वाधार

  • सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत थप ९०० घरधुरी संख्या सुचिकृत गराई पुरानो सूची  संसोधन गरी बंगलाचुली गाउँपालिकामा रहेका खरको छानो भएका सम्पूर्ण घरहरुमा जस्ता पाताको छाना लगाईदिने कार्यको सुनिश्चितता गरिएको।
  • विभिन्न सडक,झोलुङ्गेपुल , विद्यालय भवन,सिचाई पोखरी,कुलो,तटबन्ध,खानेपानी लगाएतका विभिन्न आयोजनाहरु निरन्तर अगाडि बढीरहेका ।
  • ३३.केभिएको विद्युत सव स्टेसन वडा नम्वर - ३ बचेनीमा स्थापना हुने कामलाई तिब्र गतिमा अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिएको र २ वर्ष भित्रमा बंगलाचुलीका सम्पूर्ण स्थानमा विद्युत्तिकरण सम्पन्न गरिसक्ने योजना अगाडी बढेको ।
  • एक घर एक धाराको कार्यक्रमलाई केन्द्र  र प्रदेश सरकार संग समन्वय तथा सहकार्य गर्दै योजना निर्माण प्रक्रिया अगाडी बढाईएको ।
  • सिमेन्ट उद्योगको स्थापना कालदेखि यस क्षेत्रका जनताले भोग्दै आएको धुलोको समस्यालाई समाधान गर्न विभिन्न चुनौतिहरुका विच तापा चोक देखि खानी क्षेत्र सम्म करिव ४ किलोमिटर सडक कालोपत्रे गराउने काम सम्पन्न भएको साथै घोराही-कमिरेचौर क्षतिग्रस्त कालोपत्रे सडकको पुन: कलोपत्रे गराउनका लागि पहल भईरहेको ।

 

  • विगतमा आएको अविरल वर्षा र वाढीपहिरोमा परि क्षतिग्रस्त घरहरुको विवरण गृहमन्त्रालयको अनलाईन डाटा ईन्ट्री कार्यक्रममा करिव ३०० घरधुरी ईन्ट्री भएको र उक्त विवरण अनुसार पुननिर्माणको काम अगाडी वढ्ने वातावरण निर्माण गरिएको ।
  • यस वर्षको असोज महिनामा आएको अविरल वर्षाले पालिका भरिका सम्पूर्ण वाटोघाटो ध्वस्त भएको वेलामा बजेट शंशोधनगरी विपदको कार्यमा समस्या हुन नदिई सम्पूर्ण बाटाहरु समयमै संचालन गर्न सफल ।
  • भू-उपयोग योजना निर्माणको चरणमा रहेको ।

शिक्षा

  • सम्पूर्ण विद्यालयहरुमा शिशु र कक्षा एक देखि अंग्रेजी माध्यमलाई जोड दिने निर्णय गरीक्रमश माथिल्ला कक्षामा विस्तार गर्दै लैजाने काम अगाडी बढेको ।
  • यस पालिकाको सम्पूर्ण उच्च मा.वि. र मा.विहरुमा ICT कक्षाको स्थापना गर्ने काम सम्पन्न भएको र  आ.विहरुमा पनि क्रमश स्थापना गर्ने काम भईरहेको ।
  • स्थानिय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन भईसकेको साथै शैक्षिक सुधार कार्य योजना निर्माण भएको ।
  • शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु संचालन भईरहेको ।
  • शिक्षा संगै खेलकुद विकासलाई पनि प्राथमिकता दिई विभिन्न खेलकुदका गतिविधिहरु संचालन भएको ।
  • आवश्यकता अनुसार विद्यालय भवनहरु निर्माण कार्य जारी रहेको ।

सामाजिक विकास

  • विभिन्न लक्षित वर्गका कार्यक्रमलाई वढी भन्दा वढी रचनात्मक तथा व्यवहारीक रुपमा कार्यान्वयन गरिएको ।
  • सुकुम्वासी,भूमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको लागि आयोग संग अनुमति लिई पुन: आवेदन फारम भर्ने काम सम्पन्न भएको र विवरणलाई अनलाईन फारम भर्नेकाम अन्तिम चरणमा । छिट्टैनै नापीको काम गरी निस्सा वितरणको काम अगाडी बढाईने ।
  • सहिद परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाईते व्यक्ति र द्वन्दपिडित महिलाहरुलाई सम्मान।
  • सहकारी,व्यवसायिक तालिम र उत्पादनमुलक कार्यमा जोड दिईएको ।
  • यसवर्षको हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमले लक्ष्य अनुरुप प्रगति हाँसिल गरेको साथै अन्य खोप कार्यक्रमहरु पनि प्रभावकारी ढंङ्गले अगाडी बढेको र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको तयारी भईरहेको ।
  • सबै स्वास्थ्य संस्थामा विद्युतिय आपूर्ति व्यवस्थापन सूचना प्रणाली (ELMIS) कार्यक्रम लागु गर्नुका साथै  २/२ जना कर्मचारीका दरले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (DHIS-2  ) तालिम संचालन गरिएको ।
  • स्वास्थ्यका सबै सुचकहरुमा निरन्तर वृद्वि भईरहेको ।
  • विभिन्न व्यवसाय संचालन गर्नका लागि सिपमुलक तालिमहरु संचालन भईरहेको ।

चुनौतिहरु

  • विपद् द्वारा क्षतिग्रस्त संरचनाको पुन:निर्माण र राहात वितरणका कामहरु बाँकी रहेको ।
  • देशव्यापी आर्थिक मन्दिका कारण केन्द्रिय अनुदान कटौतीहुँदा भुक्तानिमा समस्या भईरहेको ।
  • सिमेन्ट उद्योगका टिप्परहरु हिड्ने वैकल्पिक बाटो निर्माण कार्यजारी रहेतापनि यस आवमा उल्लेखित प्रगति हाँसील हुन नसकेको ।
  • शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला निकाय र अविभावकहरु संग व्यापक छलफलको आवश्यकता देखिएको ।
  • खानेपानी आयोजना तथा सिचाईका लागि थप कार्यक्रम र बजेट आवश्यक देखिएको ।
  • जनताको आयश्रोत वृद्धि र जीवनस्तर सुधारका लागि वस्तुवादी योजनाको आवश्यकता देखिएको ।
  • प्रस्तावित १५ शैय्याको बंगलाचुली अस्पतालमा डाक्टरतथा  अन्य जनशक्ति व्यवस्थापनका लागि स्थानियतहको पहलले मात्र नपुग्ने देखिएको।
  • मा.वी. तथा उच्च मा.वी.हरुमा विषयगत शिक्षकहरुको व्यवस्था गर्नपटक पटक विज्ञापन खोल्दा पनि नआएकाले समयमै व्यवस्थापन गर्न नसकिएको ।

यस्तो छ प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन 

 

बंगलाचुली गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

कमिरेचौर, दाङ्

आ.व. २०७९/८० को दोस्रो चौमासिक प्रगती समीक्षा फाराम

 

स्थानीय तहबाट चालु आबमाजारी भएका कानून (ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड)

 

       क. ऐनहरुः- ४ वटा

                ख. नियमावली, निर्देशिका, कार्यविधि, मापदण्डहरुः १ वटा

       ग. अन्यः- २ वटा

  . आ.व. २०७९/८० मा स्वीकृत कानूनको राजपत्रमा प्रकाशन

क्र. सं.

नाम

प्रकाशन मिति

बंगलाचुली गाउँपालिकाको आर्थिक ऐन, २०७९

०३/२५/२०७९

बंगलाचुली गाउँपालिकाको विनियोजन ऐन, २०७९

०३/२५/२०७९

बंगलाचुली गाउँपालिकाको वार्षिक योजना बजेट तथा कार्यक्रम सम्बन्धी ऐन, २०७९

०३/२५/२०७९

बंगलाचुली गाउँपालिकाको वार्षिक योजना बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी ऐन, २०७९

१०/२८/२०७९

बंगलाचुली गाउँपालिकाको लेखा समितिको वार्षिक प्रतिवेदन, २०७९

१०/२८/२०७९

बंगलाचुली गाउँपालिकाको न्यायिक समितिको प्रतिवेदन, २०७९

१०/२८/२०७९

बंगलाचुली गाउँपालिकाको शिक्षण सिकार्इ अनुदान कार्यविधि, २०८०

०१/२८/२०८०

आन्तरिक आम्दानी तर्फः

आन्तरिकआय विवरण

क्र.सं.

विवरण

आ ब २०७९।८० को लक्ष्य

२०८० बैसाख मसान्त सम्मको जम्मा आय

स्थानीय कर

 

 

मालपोत

८०००००

५२६२०२

सिफारिस

७०००००

६६८३६४

एकिकृत सम्पति कर

 

 

घर बहाल कर

५००००

९९३९२

सेवा शुल्क

 

 

घटना दर्ता

३०००००

४१२१६३

व्यवसाय दर्ता

१४०००००

१३००२९०

विक्रिबाटप्राप्त

 

 

ढुङ्गा गिट्टी

१४०००००

१०००००

टेन्डर विक्री

२५००००

खानीजन्य श्रोत

८००००००

२९७७६५३

दस्तुर

५००००

७०८२२

निवेदन

५००००

२४२०

राजश्वबाँडफाँड(रजिस्ट्रेसन)

१००००००

 

एम्बुलेन्सशन्चालनबाट

१००००००

३५०५००

 

अन्य

 

१००५८२७

कुल जम्मा

१५००००००

७५१३६३३

 

स्वास्थ्य तर्फः

  • शशर्त कार्यक्रम तर्फका ८०% आयोजना तथा कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।
  • वित्तिय समानीकरण तर्फका ९०%आयोजना तथा कार्यक्रमहरु सम्पन्न भैसेकका छन् ।
  • आधारभुत स्वास्थ्य सेवा सर्वसुलभ र व्यवस्थित बनाउन सेवा करार तर्फका रिक्त भएका दरबन्दीमा कर्मचारी पदपुर्ती गरि सेवा प्रवाह व्यवस्थित गरिएको छ ।
  • आधारभुत स्वास्थ्य केन्द्रमा र स्वास्थ्य चौकीमा आधुनिक सूचना प्रविधिमैत्री प्रतिवेदन प्रणाली लागु गर्न इन्टरनेट सेवा सुचारु गर्नका साथै अतिआवश्यक इलोक्ट्रोनिकल सामानहरु उपलब्ध गराइएको छ ।
  • नियमित खोप तथा अन्य मानव स्वास्थ्य सुचकाङ्कमा वृद्धि भएको छ ।
  • DHIS-२, ELMIS कार्यक्रमहरु सबै स्वास्थ्य संस्थामा विस्तार भएको छ ।
  • हात्तीपाइले तथा दादुरा रुदेला जस्ता विभिन्न राष्ट्रिय अभियानहरु सफलतापूर्वक सम्पन्न भएका छन् ।
  • सबै स्वास्थ्य संघसंस्थाहरुमा गुणस्तर सुधार प्रणालिका लागि स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिलार्इ आफ्नो जिम्मेवारी तथा आधारभुत स्वास्थ्य केन्द्रको न्यूनतम सेवा मापदण्ड सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

शिक्षा तर्फः

  • शशर्त कार्यक्रम तर्फका ८५% आयोजना तथा कार्यक्रमहरु सम्पन्न भैसकेका छन् ।
  • वित्तिय समानीकरण तर्फका ९०% आयोजना तथा कार्यक्रमहरु सम्पन्न भैसेकका छन् ।
  • गाउँपालिकाले शिक्षण सिकाइलार्इ प्रभावकारी गराउन १0५ सङ्ख्यामा अनुदान शिक्षक तथा कर्मचारीहरु व्यवस्था गरीएको छ ।
  • संघ, प्रदेश तथा स्थानीय तहको बजेटबाट चालु आ..मा सामुदायिक विद्यालय भवनहरु ८ वटा निर्माण सम्पन्न भएका,३ वटा निर्माणाधिनर १४ मर्मत सम्भार भएका छन् ।
  • विद्यालयका शिक्षकहरुलार्इ विभिन्न क्षमता विकास तालिम सञ्चालन भएको छ ।
  • १७ वटा विद्यालयहरुको वालविकास कक्षाकोठा व्यवस्थापन कार्य सम्पन्नको चरणमा रहेको छ ।
  • मूख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तल्लो कक्षाका विद्यार्थीलार्इ स्मार्ट खरिपाटि वितरण कार्य सम्पन्न भएको तथा विभिन्न विद्यालयहरुको लागि मर्मत सम्भार कार्यक्रम सम्पन्न भएको छ ।

लैङ्गिक समानता तथा समावेशिकरण तर्फः

  • महिलाहरूका लागि डल तथा कुसुन बनाउने तालिम ८नालार्इ ४ स्थानमध्य ३ स्थानमा सम्पन्न भैसकेको र १ स्थानमा सम्पन्नको चरणमा रहेको छ ।
  • दलितहरुका लागि हाउस वायरिङ्ग १५ दिने तालिम १२ जनाले लिइसकेका छन् ।
  • अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको छ ।
  • जेष्ठ नागरिकहरुलार्इ सम्मान तथा वस्तुगत सहायता प्रदान गरिएको छ ।
  • घाइते अपाङ्ग शहिद परिवारलार्इ सम्मान तथा नगद हस्तानतरण गरिएको छ ।
  • जनजातीहरुका लागि ४ स्थानमा ८० जनालार्इ मगरकला संस्कृती तथा नेतृत्त्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ।
  • १३५ जना कर्मचारीहरुलार्इ सकारात्मक सोच, तथा सूचना संचार प्रविधि सम्बन्धी ५ दिने तालिम सम्पन्न भएका छन् ।
  • विभिन्न दिवसीय कार्यक्रमहरु जस्तै नारी दिवश, लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान, आदि सम्पन्न भएका छन् ।

कृषि विकास तर्फः

  • वित्तिय समानीकरण तर्फका ९०% आयोजना तथा कार्यक्रमहरु सम्पन्न भैसेकका छन् ।
  • अगुवा कृषकका लागि स्थलगत तालिम, कृषकका लागि विउविजन वितरण कार्यक्रम, वेमौसमी तरकारीको लागि किट वितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।  

पशुसेवा तर्फः

  • वित्तिय समानीकरण तर्फका ९०% आयोजना तथा कार्यक्रमहरु सम्पन्न भैसेकका छन् ।
  • गाउँपालिका पशुसेवा शाखाका अतिरिक्त वडा नं १, २ र ८ मा पशुसेवा इकाइ स्थापना गरी वडा स्तरबाटै पशु सेवा प्रदान गरिदै आएको छ।
  • पशुपन्छि विकास तर्फका सभाबाट स्विकृत कार्यक्रमहरु मध्य ९०% कार्यक्रम सम्पन्न भैसकेका छन् ।

उद्योग बाणिज्य र पर्यटन तर्फः

  • गरिबी निवारण तथा लघुउद्यम विकास कार्यक्रमतर्फ उद्यमशिलता विकास तालिम १०० जनालार्इ र ८५ जनालाई विभिन्न किसिमका सिप विकास तालिमहरु(कटाइसिलाइ, साबुन बनाउने, चप्पल बनाउने) सम्पन्न भैसकेका र सम्पन्नको चरणमा छन् ।
  • उद्यमीहरुका लागि स्तरोन्नती र प्रविधि हस्तान्तरणका कार्यक्रम सम्पन्न हुने चरणमा छन् ।
  • शशर्त तर्फको ९०% योजना कार्यक्रम सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकास तर्फः

  • संघिय तथा प्रदेश अन्तर्गत शशर्त समपुरक तथा विशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रमहरुको भौतिक प्रगती ८०% रहेको छ।
  • खरको छानो विस्थापन कार्यक्रम अन्तर्गत चालु आ.मा ४५० घरधुरीलार्इ जस्तापाता वितरण गरिएको छ ।
  • शशर्त, विशेष तथा समपुरक अनुदान अन्तर्गत पूर्वाधार तर्फका आयोजनाहरु सम्पन्नका चरणमा रहेका छन् ।
  • सडक तर्फ १२ किमि नयाँ ट्रयाक ओपन, भएको ७ किमि स्तरोन्नती र ७० किमि मर्मत सुधार भएको छ।
  • खानेपानी तर्फ ५ वटा आयोजना निर्माण सम्पन्न भएका छन् ।
  • सिँचार्इ तर्फ २ वटा ठुला आयोजना निर्माणाधिन अवस्थामा र २ वटा निर्माण सम्पन्न भएका छन् ४ वटा मर्मत सुधार गरिएको छ।
  • २ वटा स्वास्थ्य संस्थाहरु मर्मत सुधार गरिएको छ ।
  • ५ वटा सिँचार्इ कुलो निर्माण गरिएको छ ।

रोजगार सेवा केन्द्र तर्फः

  • चालु आ.. १७ योजनाहरु संचालन भर्इ सम्पन्नको चरण रहेका छन् ।
  • चालु आ.. मा ८५ जनालार्इ रोजगारी पाएका छन् ।

 

विपद तथा प्रकोप व्यवस्थापनः

  • विभिन्न प्रकोप तथा विपदमा परेका र कमजोर तथा अशक्त व्यक्तिहरुमध्य ६२ जनालार्इ राहत प्रदान गरिएको छ।
  • प्रकोप तथा विपद्का कारण अवरुद्ध भएका ३६ सडकहरु, खानेपानी योजना मुहान संरक्षण, नदि नियन्त्रण लगायत अन्य पूर्वाधारका संरचनाहरु मर्मत सुधार गरि संचालनमा ल्याइएका छन् ।

सामाजिक सुरक्षा तथा पञ्जिकरणतर्फः

पञ्जिकरण तर्फः 2079/01/01 देखि 2079/12/30 सम्मको विवरण

क्रस

घटना दर्ता

महिला

पुरुष

जम्मा

जन्म

४१७

३८४

८०१

मृत्यु

११८

१३४

२५२

बसाइसराइ जाने

 

 

१५५

बसाइसराइ आउने

 

 

२६

विवाह

 

 

३३४

सम्बन्धविच्छेद

 

 

४०

कुल जम्मा

 

 

 

1608

सामाजिक सुरक्षा तर्फः चालु आ.ब. को तेस्रो चौमासिकको विवरण

वडा नं

जेष्ठ नागरिक ६८ वर्ष माथी

दलित जेष्ठ नागरिक

जेष्ठ एकल महिला

विधुवा

पूर्ण अपाङ्ग

आंशिक अपाङ्ग

दलित वालवालिका

जम्मा

९४

२५

३०

५५

१०२

३१८

९७

७७

३१

४३

५४

२६३

१६२

४४

३५

६९

१९

१२२

४५६

१७३

३६

३५

७२

१४

६१

३९८

१४४

२०

५८

१८

२५७

१३१

२१

२७

४७

१३

५०

२९२

१४९

१६

२१

३८

२१

१७

२६६

१५०

१५

२०

३४

२५

२५५

कुल जम्मा

११००

१९०

२१९

४१६

३६

१०७

४३७

२५०५

समग्रमा गाउँपालिकाको आन्तरिक राजश्व सङ्कलन र राजश्व बाँडफाड अपेक्षित रुपमा प्राप्त हुन सकेन। वित्तिय समानीकरण तर्फको अन्तिम किस्ताको रकम कटौतीको कारणले गर्दा सबै आयोजनाहरु संचालन र सम्पन्न गर्न कठिनार्इ भएको छ ।

बंगलाचुली अस्पतालमा मेडिकल अधिकृत पदमा २ पटक विज्ञापन गर्दा पनि कुनै आवेदन नपर्दा पदपूर्ति नभर्इ सेवा प्रवाहमा कठिनार्इ भएको छ।

गाउँपालिका अन्तर्गत खासगरि प्रशासनिक सेवा तर्फका कर्मचारीहरु पर्‍याप्त पदपुर्ति नहुँदा सेवा प्रवाहमा कठिनार्इ भएको छ।

गाउँपालिकाको भौगोलिक जटिलता र आवधिक रुपमा आइपर्ने प्रकवपका कारण पूर्वाधार विकासको लागत बृद्धि हुँदै गएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको