Chauthoanga - Nepali News Media
दाङमा कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा ८ जना पक्राउ

दाङ - दाङमा कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । दाङ राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर वि.क, जोगिनी वि.क, नागरिकता लिने नाति विवेक वि.क, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी वि.क, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्तीलाई प्रहीले नियन्त्रणमा लिएको हो ।  

जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभयो ।  उनले गएको वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाइ जन्म दर्ता बनाएको प्रहरीको भनाइ छ । 

जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस समेत दिएको बताइएको छ । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ । डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका टंक बहादुर विष्ट र वडा सचिव फरार रहेका छन् । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । 


 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको