Chauthoanga - Nepali News Media
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु

दाङ -  दाङ घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादन गरी घर-घरमा वितरण गर्न सुरु गरिएको छ ।फोहोरबाट ग्याँस उत्पादन गरी पहिलो चरणमा घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडि सकिएको छ ।

उपमहानगरपालिकाबाट संकलित फोहोरलाई प्रयोग गर्दै फोहोर व्यवस्थापनमा सहजता, ग्याँस उत्पादन र कम्पोष्ट मलसमेत उत्पादनको लक्ष्य राखेर वैकल्पिकउर्जा र नेपालउर्जा विकास कम्पनीको संयुक्त लगानीमा ग्याँस उत्पादन गर्न थालिएको हो । घोराही-१६ की लक्ष्मी चौधरीलाई खाना पकाउने ग्याँस सकिएला भन्ने चिन्ता छैन् । किनकी उहाँले घर छेउमै फोहोरबाट उत्पादन भएको ग्याँसबाट खाना पकाउन पाउनुभएको छ ।

वैकल्पिकउर्जा प्रवर्द्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्रालिको सह लगानीमा तयार भएको ग्याँस उत्पादन परियोजनाबाट लक्ष्मी जस्तै ३५ घरधुरीले अहिले बायो ग्याँसबाट खाना पकाउन शुरु गरेका छन् । न्युन आय भएका र दाउरा गुइँठा प्रयोगगर्दै खाना पकाउनेस्थानीयहरु अहिले पाइपलाइनबाट ग्याँस चुलो प्रयोग गर्न पाउँदा हर्षित भएको स्थानीय जगतराम चौधरीले बताउनुभयो ।

फोहोरबाट उत्पादित ग्याँस पाइपलाइनबाट घोराही उपमहानगरपालिकाको १० र १६ नम्बर वडाका १ हजार ५ सय घरमा पुर्‍याइने परियोजनाको दृघकालिन लक्ष्य छ । ४ सय घरधुरीलाई ग्याँसचुला बितरण गरिसकिएको छ भने पहिलो चरण ७ सय ५० घरधुरीलाई ग्याँस पुराउने गरी काम भैरहेको उर्जा विकास कम्पनी कार्यक्रम सहायक पदम पोख्रेलले बताउनुभयो ।

उपभोक्ताहरुले ग्याँस उपभोगका गर्न १२ हजार ५ सय तिर्नुपर्नेमा ५ हजार यु.एन.डी.पी.ले साढे ५ हजार अनुदान दिएको छ । सुरुमा ७ हजार तिरेपछि उपभोक्ताहरुले ग्याँस प्रयोग गरेको आधारमा थोरै शुल्क तिर्नुपर्ने र उक्त शुल्क अहिलेको खर्चभन्दा आधा हुने छ तर अहिले ग्याँसको मापनगर्ने मिटर बक्स नआएकाले अहिलेसम्म जडान भएका ३५ घरधुरीले निशुल्क रुपमाग्याँस उपभोग गर्दै आएका छन् ।

ग्याँस प्लान्ट पूणर्क्षमतामा सञ्चालन भएमा दैनिक २ हजार घनमिटर ग्याँस उत्पादन हुन्छ भने दैनिक ३ सय क्विन्टल फोहोर आवस्यक पर्दछ । फोहोरबाट ग्याँस उत्पादनसुरु भएपछि उपमहानगरलाई फोहोर व्यवस्थापनमा पनि सजिलो भएको घोराही उपमहानगरपालिका प्रमूख नरुलाल चौधरीले बताउनुभयो ।

बजारको फोहोर शून्य बनाउने रणनिती अनुसार गल्ने र नगल्ने फोहोर बर्गिकरण गरी गल्ने फोहोर मात्र नगरवासीबाट किन्ने अनि ग्याँस कम्पनीलाई बिक्रि गर्ने योजना रहेको नगरप्रमुख चौधरीले बताउनुभयो ।

२० करोड लगानी लाग्ने अनुमान गरेर २०७५ मङ्सिर ५ गते सम्झौताभएको परियोजनाको लगानी २२ करोड पुगेको छ । उपमहानगरको फोहोर व्यवस्थापनमा सहजता, ग्याँस उत्पादन र कम्पोष्ट मलसमेत उत्पादन गर्नेगरी उपमहानगरले संरचना निर्माणका लागिउपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।

शुरुमा २० वर्षको सम्झौता भएको र २० वर्षपछि संरचनासहित सबै पूर्वाधार उपमहानगरलाई हस्तान्तरण गरिने छ । सम्झौताअनुसार परियोजना हस्तान्तरण अघिको २० वर्षसम्मका लागि कम्पनीले मुनाफाको ५ प्रतिशत रकम उपमहानगरलाई दिने सहमति छ ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको