Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

बुटवल — लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ पर्नुभएको छ ।  माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको थियो । 

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीका प्रहरी प्रवक्ता एवं डीएसपी श्यामू अर्यालका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यादवलाई रुपन्देही ल्याइँदै गरेको अर्यालले जानकारी दिनुभयो । 

२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।

जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए । गत प्रदेशसभा चुनावमा उनी आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित हुनुभयो । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको