Chauthoanga - Nepali News Media
दाङमा जंगलबाट खोजेर लिएको विषालु च्याउ खाँदा दुई बिरामी

दाङ - दाङमा जंगली विषालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । च्याउ खाँदा गढवा गाउँपालिका–५ धर्मापुरमा एकै परिवारका दुई जना बिरामी पर्नुभएको हो ।आज जङ्गलबाट ल्याएको च्याउ खाँदा धर्मापुर निवासी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीया श्रीमती छुकनी चौधरी बिरामी हुनुभएको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले बताउनुभयो । 

उहाँहरुलाई रिँगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखापरेपछि स्वास्थ्य चौकीमा भर्ना हुनुभएको प्रमुख यादवले जानकारी दिनुभयो । प्रमुख यादवका अनुसार उहाँको अहिले उपचार भइरहेको छ ।उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यचौकी प्रमुख यादवले बताउनुभयो । केही दिनअघि पनि दाङकै बङ्गलाचुली गाउँपालिका वडा नं. १ को स्युजमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको