Chauthoanga - Nepali News Media
दाङमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकै घरका तिनजना सहित पाँच जनाकाे मृत्यु

गढवा - दाङमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परि आज शनिबार ५ जनाकाे मृत्यु भएको छ ।  दाङको देउखुरीमा मोटरसाइकल र बस एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । भने दिउँसो करेन्ट लागेर एकै घरका ३ जनाकाे   मृत्यु भएकाे थियो ।

वेलुका भएको दुर्घटनामा एक जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बिचमा रहेको कोरिया खोलापुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ वर्षीय प्रमोद यादवको घटनास्थलमा र सोही ठाउँ निवासी २४ वर्षीय प्रदिप यादवको थप उपचारको लागी बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनापछि स्थानीहरू आक्रोशित बनेका छन् । उनीहरूले बसमा तोडफोड र आगजनीको प्रयास गरेका हुन । घटनास्थलमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वली सहितको टोली खटिएको थियो । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको