Chauthoanga - Nepali News Media
गढवा गाउँपालिकामा लालपुर्जा वितरणका लागि नापजाँच कार्य सुरु

आलोक भावुक 
दाङः दाङ देउखुरीको गढवा गाउँपािलका वडा नम्बर ३ काे खैरा गाँउबाट अाज देखि भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य सुभारम्भ भएकाे छ ।

भुमिहिन दलित, सुकुम्बासी आयोग संग समन्वय गर्दै दाङ्को गढवा गाउँपालिकाले वडा नम्बर १ र २ को नापजाँच कार्य सम्पन्न गरेर  आज वडा नम्बर ३ मा  नाप नक्सा कार्य सुरु गरेको गढवा गाउँपालिका भूमि शाखाका सञ्जित पौडेलले जानकारी दिनुभयो। 
नाप नक्सा कार्य सुरु भएपछी बर्षौ देखी लालपुर्जा बिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउंछन् । यस भन्दा पहिले गढवा गाउँपालिकाले वडा नम्बर १ र वडा नम्बर २ मा नाप नक्सा कार्य पुरा गरिसकेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिनु भयो । हाल सम्म वडा नम्बर १ मा १ हजार ५ सय ७ घरधुरीको नापजाँच गरिएको छ।

जसमा अव्यवस्थित १ हजार १ सय ५, भुमिहिन दलित ९५, भुमिहिन सुकुम्बासी ३ सय ७ गरी जम्मा २ हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ। जस्को क्षेत्रफल (हेक्टरमा) २ सय ७९ अर्थात् ४ सय १२ बिघा रहेको गढवा गाउँपालिका अमिन नारायण सुबेदीले जानकारी दिनुभयो। त्यसैगरी वडा नम्बर २ मा पनि १ हजार ८ घरधुरीको १ सय ६५ हेक्टर अर्थात् २सय ४४ बिघा जमिनको २हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको छ। जस अनुसार अव्यवस्थित ९ सय ३८, भुमिहिन दलित १९, भुमिहिन सुकुम्बासी ५१ गरी जम्मा २ हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको गढवा गाउँपालिका भुमी शाखाका सञ्जित पौडेलले बताउनुभयो ।

यो आर्थिक वर्षमा नापजाँच सकाएर अरको आर्थिक बर्षमा लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
बुधबार वडा नम्बर ३ मा सुरु भएको नापजाँच कार्य शुभारम्भ कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ३ नम्बर वडाका वडा अध्यक्ष तुल्सीराम अधिकारी, वडा सदस्यहरु, भुमी शाखा प्रमुख सञ्जित पौडेल, अमिन नारायण सुवेदी, स्थानीयहरु लगायतकाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको