Chauthoanga - Nepali News Media
दाङको तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार,दुईजना पक्राउ 

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाको नयाँ बसपार्क भित्र एक वृद्धामाथी सामूहिक बलात्कार भएको छ । प्युठान स्वर्गद्वारी नगरपालिका घर भएकी ७३ वर्षिया वृद्धालाई गएराती बसभित्रै सामूहिक बलात्कारमा भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ  ।

दाङ प्रहरीका अनुसार तुलसीपुर बसपार्कमा रोकि राखेखको ना. ४ ख ७८४८ नम्बरको बस भित्र गएराति करिब ११:५५ वृद्धामाथी बलात्कार भएको हो । यसैविच घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुईजानालाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका -१५ निवासी वर्ष ३० का पुष्कर रोका र सल्यानको कुमाख गाउँपालिका-७ का वर्ष २० का  रेशम विकलाई पक्राउ गरी घटनाको अनुसन्धान गरीरहेको बताएको छ । 

उनिहरु दुवैजना गाडिमा खलासी काम गर्ने गाडीका स्टाफ रहेको प्रहरीले बताएको छ ।वालात्कृत वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँलाई प्रहरीको सेफ हाउसमा राखीएको छ ।  


 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको