Chauthoanga - Nepali News Media
दाङमा ११ बर्षीया बालिका बलात्कृत,आरोपित फरार 

दाङ, - दाङको तुलसीपुरमा एक बालिका बलात्कृत भएकी छिन् । उपमहानगरपालिका वडा नं.११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको दाङ प्रहरीले जानकारी दिएकोछ । प्रहरीका अनुसार बलात्कार आरोपित सोहि ठाउँका २८ बर्षिय सुनिल बिक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।  साउन २ गते राती घरमा बाबु–आमा नभएको समयमा वालिकामाथी बलात्कार भएको पाईएको छ । 

घटनाको विषयमा थाहा भएको हुदा आरोपित फरार भएको प्रहरीले जानकारी दिएको छ । स्रोतका अनुसार बलात्कार गर्ने पुरुष नाता पर्ने ब्यक्ती हुन् । पीडित बालिकाका वुवा रोजगारको सिलसिलामा सुर्खेत गएको र आमा आफन्तीको घर गएको मौका छोपी बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ । 
पिडित बालिका स्थानिय स्वास्थ्य चौकिमा गएपछि मात्रै घटना बाहिर आएको हो । पिडित बालिकाको अवस्था अहिले सामान्य रहेको बताईएको छ । यस अघि आजै ७३ वर्षिए एक वृद्धामाथी पनि तुलसीपुरमा बालात्कार भएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको