Chauthoanga - Nepali News Media
बंगलाचुली २ मा काङ्ग्रेसको प्यानल बिजय

कमिरेचौरः  बंगलाचुली गाँउपालिका वडा नं.२ मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार मैते पुन मगर विजयी हुनुभएको छ ।

पुनले ८०५ मत ल्यायर बिजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादीका मेघराज राना ४४० र एमालेका झगलाल घर्ती मगरले १५८ मत मात्रै ल्याउनुभएको हो । मुख्य निर्वाचन अधिकृत हिरण्ड प्रसाद भण्डारीका अनुसार बंगलाचुली गाउँपालिका वडा न. २ को ११५० मतमा पालिका अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसिराम पुन सुवाश ले ८०१ निकटम प्रतिद्वन्द्वी एमालेक अध्यक्ष पदका उम्मेदवार भेषराज खत्रीले १७९ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरि महिला सदस्य सुमाकुमारी घर्ती मगर, ५१८, दलित महिला सदस्य जानिकला देबि सुनार ५१७, खुल्ला सदस्य भुपेन्द्र मल्ल ४९९, खुल्ला सदस्य रुपेन्द्र बहादुर बस्नेत ४८८ मत लियर बिजयी हुनुभएको छ ।

उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्त बहादुर जिसिले ८२३ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर १५३ प्राप्त गर्नु भएको छ । जम्मा जम्मी १७ बदर भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनु भएको छ । साथै अहिले बंगलाचुली ३ र ८ नं. वडा को मतगणना

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको