Chauthoanga - Nepali News Media
गढवामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेस विजयी

दाङः दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले विजयी हात पारेको छ । अध्यक्षका उम्मेदवार यमनारायण शर्माले ६९०९ मत प्राप्त गरेर विजयी हुनुभएको हो, उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका सर्वजित डीसीले ६१६७ मत ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा काँग्रेसका शारदा कुमारी चौधरीले ५८८१ मत ल्याएर विजयी हुनुभएको छ, भने उहाँका निकटतम प्रतिद्वन्दी सीता कुमारी चौधरीले ४८३० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै एमालेबाट अध्यक्षका उम्मेदवार सहजराज यादवले ४१३१ मत ल्याउनुभएको थियो, भने उपाध्यक्षमा एकीकृत समाजवादीका शान्ति चौधरीले ४११२ मत प्राप्त गर्नुभएको छ । यादव र चौधरी दुबै जना २०७४ सालको स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएर कार्यकाल पूरा गरिसक्नुभएको छ । गढवामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । माओवादीले जितेपनि एकीकृत समाजवादीले भने जित निकाल्न सकेन ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको