Chauthoanga - Nepali News Media
सत्ता गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी

दाङः दाङको घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित हुनुभएको छ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी हुनुभएको हो । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको थियो । चाैधरीले ०७४ काे निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराउनुभएको थियो ।
सुरुको चरणमा मतगणना गर्दा गठबन्धनका शर्माले चौधरीलाई ४ सयको मतान्तरले पछाडि पार्नुभएको थियो । वडा नं १९ र १८ को मत गणना गर्दा भने शर्माको अग्रता रहेको थियो  । तर  वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लग्नुभएको थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी झिनो मतले विजयी हुनुभएको छ । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी हुनुभयो । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गर्नुभयो ।

डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहेको थियो । नगर उपप्रमुखमा सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पारे पनि वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि पर्नुभएको हो। डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने रहेको थिएन । अन्तिम मत परिणाम सार्वजनिक हुनु अघिसम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहेको थियो ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घाेराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमाेर्चाले चुनावी तालमेल गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०७:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको