Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा अविरल वर्षा पछि आएको बाढिले स्थानियको खेत बगायो,मानोरोपेर मुरी फलाउने कृषकको सपना भयो चकनाचुर

कमिरेचौर - दाङको बंगलाचुलीमा अविरल वर्षा पछि आएको बाढिले भर्खरै रोपेको खेत कटान गर्नुका साथै धान पुरीदिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ८ स्वामिघाटका स्थानियले धानरोपी सकेको खेत बाढिले कटान गर्दा चिन्तित भएका छन् ।अविरल वर्षापछि स्थानिय अर्जुन खोलामा आएको बाढिले खेतमा क्षती पुराएको हो । बाढीले खेतलाई बगरमा परिणत गरिदिएको छ ।

Screenshot_21690288096.jpg
 बंगलाचुली गाउँपलिका वडा नम्वर ८ स्वामीघाट निवासी तुल्सीराम खत्री,सोही ठाउँ निवासी हरी बहादुर खत्री र  गिर बहादुर खत्रीको खेत बाढिले कटान गर्नुका साथै रोपेको धान पुरिएको स्थानिय होताराम खत्रीले जानकारी दिनुभयो । बाढिले हरी बहादुर खत्रीको नौ रोपनी, तुल्सीराम खत्रीको चार रोपनी र गिर बहादुर खत्रीको डेढरोपनी खेत बाढीले कटान गर्नुका साथै रोपेको धान पुरिदिएको उहाँले जानकारी दिनुभयो । 

भर्खरै रोपेर सकेको धान र खेतलाई बाढिले खाईदिँदा कृषकहरु निकै चिन्तित भएका छन् । उनिहरुको लाखौ बराबरको क्षती हुनुका साथै मानो रोपेर मुरी फलाउने सपना चकनाचुर भएको छ । यसैवीच अविर वर्षा पछि आएको पहिरोका कारण बंगलाचुली गाउँपालिकाको दक्षणि क्षेत्रका सम्पूर्ण बाटाहरु अवरुद्ध भएको छ । गाउँपालिकाको वडा नम्वर चार,तिन,पाँच,छ,सात र आठका स्थानियहरु आवतजावत गर्ने सम्पूर्ण बाटाहरु अवरुद्ध भएको छ । 

त्यस क्षेत्रको घोराही- गहतेरा-मुलाबारी-जवरकोट र घोराही कोईराले-स्वामिघट,लामिदेवाली हुँदै लमहि जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।वर्षाका ठाउँ-ठाउँमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा कुनैपनि सवारीका साधन संचालन हुन सकेको छैन भने स्थानियलाई आवतजावतमा समस्या भएको छ ।   

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको