Chauthoanga - Nepali News Media
फिफा विश्वकप छनोटः  पहिलो चरणमा नेपालले लाओससँग खेल्ने

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।  आज मलेसियाको क्वालालम्पुरमा भएको पहिलो चरणको छनोटको 'ड्र' मा नेपालले लाओसलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । फिफा वरीयतामा नेपाल १७५ औँ र लाओस १८७ औँ स्थानमा छ ।

होम एन्ड अबे' फर्म्याटमा हुने खेलको पहिलो लेग अक्टोबर १२ मा नेपालमा र दोस्रो लेग लाओसमा अक्टोबर १७ मा हुनेछ । पहिलो चरणमा जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणमा नेपालसँगै २० टिमले प्रतिस्पर्धा गर्दैछन् । एसिया वरीयताको पुछारका २० टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले यसअघि नै छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको