Chauthoanga - Nepali News Media
बंगलाचुलीका खानी प्रभावीत क्षेत्रका स्थानियलाई राहात हुनेगरी काम गर्न सिमेन्ट उद्योगलाई गाउँपालिका अध्यक्षको निर्देशन 

कमिरेचौर-बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानियको समस्या समाधान गर्न उद्योगहरुलाई जिम्मेवार भएर लाग्न निर्देशन दिएको छ । गाउँपालिका र उद्योगका प्रतिनिधिहरुको संयुक्त टोलिले आज सम्राट सिमेन्ट उद्योगको खानिक्षेत्र थाराको अवलोकनका क्रममा गाउँपालिका अध्यक्षले उद्योगका प्रतिनिधीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष पुनमगरे भन्नुभयो," तपाईहरुले खानी प्रभावित क्षेत्रका जनतालाई राहातको महसुस गर्नेगरी समय मै काम गर्नुहोस्।जनतालाई सास्तिहुने काम कहिँकतै बाट नगराई दिनुहोस्।त्यहाँको जताको समस्या हल गर्ने उत्तम विकल्प खेतहरु उद्योगले किन्ने नै रहेको हुँदा त्यो काम तापाईहरुले छिटो नै गर्नुहोस् ।" जवाफमा उद्योगका प्रतिनिधिहरुले स्थानियलाई राहात महसुस हुनेगरी समस्याको हल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

358676888_276934461607386_8453626131034834700_n1690725556.jpg

सो अवसरमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले नागरिकले पटक पटक गाउँपालिकामा निवेदन बोकेर आउने वातावरणको अन्त्य गर्न उद्योगका प्रतिनिधिहरुलाई सुझाव दिनुभयो । उपाध्यक्ष जिसीले भन्नुभयो,"पुस्तौ देखि जनताले कजायर खाँदै आएको खेत पुरीँदाको पिडा उनिहरुलाई मात्र महसुस हुन्छ।त्यसकारण पिडामा मलम लाग्नेगरी जनताको समस्या हल गर्नुहोस् ।"

थाराक्षेत्रबाट बंगलाचुली गाउँपालिका वडा नम्वर -६ का स्थानियको खेतमा प्रत्यक्ष क्षति पुग्नेगरी ढुङ्गागिट्टिहरु खसालिएको स्थानियको गुनासो छ । त्यस क्षेत्रमा रिभान क्षेत्रका धेरैजसो स्थानियको खेत बाढिले बटान गर्नुका साथै पुरीदिएको छ । खानि क्षेत्रबाट फालिएको ढुङ्गा,माटोलाई बाढिले बगाएर लैँजादा बंगलाचुली गाउँपालिका वडा नम्वर तिन र छ का स्थानियको खेतमा प्रत्यक्ष क्षती पुर्याएको भन्दै त्यहाँका स्थानियले गाउँपालिका समक्ष समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।

लगतै गाउँपालिकाले पहिलो चरणमा खानि प्रभावित क्षेत्रका स्थानिय र उद्योगको विचमा छलफल गराई सकेको र सोही सहमति अनुसार आज स्थानियलाई प्रभावित गर्नेगरी ढुङ्गामाटो फालिएको क्षेत्र थाराको अवलोकन गरेको छ ।  पहिलो दिन थारा क्षेत्रबाट अवलोकन सुरु गरेको गाउँपालिकाले र अर्को दिन क्षतिपुर्याएको स्थान दाङवाङखोला मै पुगेर त्यहाँको क्षतिको प्रत्यक्षको अबलोकन गरी स्थानियको मागलाई सम्बोधन गर्ने गरी मध्यस्थता गर्ने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । 

359023848_1433548614100938_4464056228123788683_n1690725578.jpg

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर, उपाध्यक्ष भक्त बहादुर जिसी,वडा नम्वर तिनका अध्यक्ष शोभाराज विश्वकर्मा र चारका अध्यक्ष डाँस बहादुर डाँगि ,सम्राट सिमेन्ट उद्योग र घोराही सिमेन्ट उद्योगका प्रतिनिधिहरु सहितको उपस्थितिमा स्थलगत अवलोकन गरिएको हो ।


 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको