Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशसहित कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

दाङः आज लुम्बिनी प्रदेशसहित कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले कोशी  र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित अरु बाँकी थोरै ठाउँहरुमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मनसुनमा अहिलेसम्म मधेस प्रदेशमा खासै पानी परेको छैन । तर छिटफुट पानी परेको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो ।

पानी पार्ने प्रणाली नेपालतिर सर्नेक्रममा रहेकाले आजभन्दा भोलि मधेस प्रदेशसहित देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि आइतबार लुम्बिनी सहित वाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाले पर्सिसम्म नै नदी तटीय क्षेत्र तथा डुबान हुने होचो ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको