Chauthoanga - Nepali News Media
आज देशैभर दिनभरी झरीको सम्भावना

दाङ- आज दाङ सहित देशैभर दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ ।

लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उहाँले बताउनुभयो ।

पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यता दाङमा पनि लगातार वर्षा भईरहेको छ । वर्षाताका कारण दाङका नदिहरुमा पानिको वहाव बढेको छ । उता , खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

आज लुम्बिनी कोशी, मधेस, बाग्मती,र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको