Chauthoanga - Nepali News Media
आजको मौसम: देशैभर वर्षा हुने, पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ,- लगातारको बदलीसँगै निरन्तर भएको वर्षा शुक्रवार पनि जारी रहने जनाएको छ । आज बिहानै देखि बदली सुरु भएको छ भने दिनभर देशैभर वर्षा हुने र पश्चिम नेपालमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको महाशाखाले जनाएको छ । आज कोशी , बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो पनि लुम्बिनी बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । वर्षासँगै बाढी र पहिरोको जोखिमबाट हुने भएकाले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको