Chauthoanga - Nepali News Media
 विभिन्न शैक्षिक सुधारको माग राख्दै शिक्षक महासंघ द्वारा बंगलाचुली गाउँपालिकामा धर्ना

कमिरेचौर - प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको घोषित आन्दोलनको कार्यक्रम अनुसार आज बंगलाचुली गाउँपालिकामा धर्ना दिएको छ । नेपाल शिक्षक महासंघ बंगलाचुली गाउँपालिकाको आयोजनामा धर्ना कार्यक्रम गरिएको हो । बंगलाचुली गाउँपालिका शिक्षक महासंघका अध्यक्ष ईन्द्र बहादुर बुढाको अध्यक्षतामा धर्ना कार्यक्रम भएको थियो । धर्ना कार्यक्रम विहान ११ बजेदेखि २ बजे सम्म भएको थियो ।

सो अवसरमा नेपाल शिक्षक संघका संघिय प्रतिनिधि मनिराम पन्त , नेपाल राहात शिक्षक दाङका अध्यक्ष हेमलाल आचार्य , अखिल नेपाल शिक्षक संगठनका दाङ जिल्ला सदस्य दिप बहादुर वली , एकिकृत अखिल नेपाल शिक्षक संगठनका बंगलाचुली उपाध्यक्ष पदम बहादुर वली , नेपाल राष्ट्रिय शिक्षक संगठनका बंगलाचुली अध्यक्ष खिमान सिङ वली , नेपाल राहात शिक्षक बंगलाचुलीका अध्यक्ष टिकाराम खत्रीलगाएतको सहभागिता रहेको थियो ।  

शिक्षक महासंघले सुरुदेखि नै माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो ।

शिक्षक माहासंघले विद्यालय स्थापना र सञ्चालनको अधिकार स्थानीय तहलाई दिए पनि अनुमति रद्द, बन्द र खारेज गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने माग अघि सारिएको छ । विधेयकमा यी सबै अधिकार स्थानीय तहलाई दिइएको छ । महासंघले विधेयकका २० वटा बुँदामा सुधार हुनुपर्ने औंल्याइएको छ । शिक्षकलाई विभागीय कारबाही स्थानीय तहलाई नदिन आग्रह गरिएको छ ।

 त्यो अधिकार दिए राजनीतिक पक्षधरता र आग्रहका पूर्वाग्रहमा आधारमा शिक्षकलाई दण्डित गरिने उल्लेख छ । शिक्षालाई ३ वटै तहको साझा सूचीमा राखेर जिम्मेवारी बाँडफाँड गर्न माग राखिएको छ ।यसैविच महासंघले महासंघको केन्द्रिय शर्कुलर पत्र ३० बुदे र ५१ बुदे सहितको छायाँ प्रति बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरलाई बुझाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको