Chauthoanga - Nepali News Media
दाङ सहित धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

दाङः दाङ सहित देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् शाक्यले जानकारी दिनुभयो ।  उहाँका अनुसार राति भने कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि  लुम्बिनी प्रदेश सहित कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने  मौसमविद्ले बताएका छन् । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको