Chauthoanga - Nepali News Media
आज लुम्बिनी प्रदेश सहित पाँच प्रदेशका केहि ठाउँमा ठुलो पानी पर्ने सम्भावना

दाङः आज लुम्बिनी प्रदेश सहित कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।  अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

गएराति पनि धेरै ठाउँमा पानी परेको थियो । केही ठाउँमा अहिले पनि पर्दैछ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा भने अहिले पानी पर्न रोकिएको छ । तर, फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । केहीबेर मौसम खुले जस्तो भए पनि फेरि पानी पर्ने उहाँले बताउनु भएको हो ।

गत सोमवारदेखि लगातारजसो पानी परिरहेको छ । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको