Chauthoanga - Nepali News Media
दाङमा डेङ्गु सङ्क्रमणबाट एकको  मृत्यु

दाङ -दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । 

रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उहाँको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्ती गाउँमा अध्यापन गराउँदै आउनुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको