Chauthoanga - Nepali News Media
बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प

बझाङ- सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।


त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । यसैविच सो भुकम्पको धक्दा दाङ सहित देशैभर गरिएको थियो । दाङको बंगलाचुली गाउँपालिका सहित देशै भर भुकम्पको महसुस गरिएको सामाजिक संजाल प्रयोग कर्ताहरुले उल्लेख गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको