Chauthoanga - Nepali News Media
३ कराेड १५ लाख रुपैयाँकाे स्राेत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दाङ – जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएकाे तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनले महानिर्देशककाे रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ ।

भाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए । सार्वजनिक सेवामा रहँदा उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड १५ लाख ८१ हजार रुपैयाँ स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको