Chauthoanga - Nepali News Media
घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन्छ: मन्त्री शर्मा

तुलसीपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताउनुभएको छ । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताउनुभयो ।

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ । बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन् ।

मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न रु ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको