Chauthoanga - Nepali News Media
नगर विकास नमुना टाेल विकास संस्थाकाे साधारणसभा सम्पन्न

दाङ -  नगर विकास नमुना टाेल विकास संस्था तुलसीपुर उपमहानगरपालिका वडा न ९ काे तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष बलिराम खत्रिकाे अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका का उप -प्रमुख स्यानि चाैधरीकाे प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा न ९ का वडा अध्यक्ष घनस्याम ढकालकाे बिसिष्ठ आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मुक्ति प्रसाद न्याैपाने, यम प्रसाद शर्मा, टाेप बहादुर डागिँ,ओज बहादुर खडका लगाएतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे।

उपाध्यक्ष टंकेस्वरी लामिछानेकाे स्वागत मन्तव्य बाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव पुर्ण भन्डारीले गर्नु भएकाे थियोे । अधिवेशनले सर्वसहमतिमा नयाँ पदाधिकारी चयन गरेकाे छ।

जसकाे अध्यक्षमा विष्णुप्रसाद लामिछाने, उपाध्यक्ष सुशीला भन्डारी, सचिव बेद प्रकाश भट्टराई र काेषाध्यक्ष केसरी वली चयन हुनुभएकाे छ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको