Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका भित्र रहेका क्रिकेट क्लब नवीकरण गर्न अनुरोध

कमिरेचौरः दाङको बंगलाचुली क्रिकेट विकास समन्वय समितिले एक विज्ञाप्ति निकालेर बंगलाचुलीभित्र रहेका सम्पूर्ण क्रिकेट क्लवहरु दर्ता नभएकाहरुलाई दर्ता गर्न र दर्ता भएकोका क्लवलाई नवीकरण गर्न अनुरोध गरेको छ । यहि कार्तिक २० गते सम्म दर्ता नविकरण गर्न अनुरोध गर्दै नयाँ दर्ता गर्नका लागि १ हजार र नविकरण गर्नका लागि ६ सय शुल्क लाग्ने समेत उक्त विज्ञप्तीमा उल्लेख रहेको छ ।

 

उक्त विज्ञप्तीमा बंगलाचुली क्रिकेट विकास समन्वय समितिमा दर्ता नविकरण नभएका क्रिकेट क्लवलाई समन्वय समितिबाट हुने सम्पूर्ण प्रतियोगितामा सहभागिता हुनबाट वन्चित हुने समेत समन्वय समितिका अध्यक्ष हिमाल महरा र सचिव मधुसुदन गिरीको हस्ताक्षर रहेको विज्ञप्तिमा जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको