Chauthoanga - Nepali News Media
घाेराहिमा बाटो मिचेर बनाइएका हटरा हटाईयो

घोराही - घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर बजारमा सडक मिचेर बनाईएका ७ वटा घरटहरा हटाईएको छ । उपमहानगरपालिकाको न्यायीक समितिले सडक मिचेर बनाईएका ति संरचना हटाउनु पर्ने फैसला गरेपछि टहर बनाएकाहरुले उच्च अदालतमा मुद्धा हालेका थिए ।

उच्च अदालतले पनि सडक मिचेर बनाईएका ति संरचनाहरु हटाउनु पर्ने न्यायीक समितिको निर्णयलाई सदर गरेपछि उपमहानगरपालिकाले सोमबार ति ७ वटा घर टहराहरु हटाएको हो । घोराही १० का कुलबहादुर भण्डारी, प्रेमबहादुर वली, कलाधर पौडेल, विरेन्द्र मगर लगाएतले कैलाश लहरे, थम्मन महरा, गोपाल देवकोटा, निशा, असगर अली मुसलमान, स्याउली चौधरी, रामशरण चौधरीले सार्वजनिक बाटोमा अबैध घर टहरा बनाएको भनि ति संरचनाहरु हटाई पाउ भनि दिएको निदेशनमा न्यायीक समितिले २०७४ साल फागुन १५ गते अबैध संरचना ठहरीएकाले हटाउने निर्णय गरेको थियो । तर असगर अलिको पत्नी जयन्ता अलीले न्यायीक समितिलाई बिपक्षी बनाई उच्च अदालतमा पुनराबेदन गर्नुभएको थियो ।

उक्त मुद्धामा उच्च अदालतका न्यायाधिस रमेशराज पोखरेलले इजलासले २०७८ असोज ३ गते निवेदकको आबास र बसोबासको अधिकार तथा व्यापार व्यवसाय गर्न पाउने अधिकारमा अतिक्रमण नहुने गरी विपक्षि घोराही उपमहानगरपालिकाले २०७४ फागुन १५ को निर्णय मनासिव हुने हुँदा त्यस तर्फ घोराही उपमहानगरपालिकाको ध्यानाकर्षण गर्दै निबेदकले उत्प्रेषणको आदेश द्धारा बदरको माग गरिएको मिति २०७४ फागुन १५ को निर्णय सार्वजनिक जग्गाको व्यवस्थापन र सञ्चालन गर्ने कुरामा लक्षित रहेको देखिदा उक्त निर्णयलाई बदर गर्न मिल्ने देखिएन भनि फैसला गरेको थियो । टहर बनाएर बसेकाहरुलाई पटक पटक सार्वजनिक सूचना मार्फत हट्न आग्रह गरेको अटेर गरे पछि फैसला कार्यान्वय गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

नगर प्रमुख चौधरी आफै पुगेर अदालतको फैसला भएकाले यसको सम्मान र कार्यान्वयन सबैले गर्नुपर्ने भन्दै सामानहरु निकाल्न अनुरोध गर्नुभएको थियो । उपमहानगपालिकाको डोजर, नगर प्रहरी, कर्मचारी तथा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोलीले टहराहरु हटाएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको